गजल-३६५
टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया
समयसँगै युग बद्लियो तर मेरो रहर बद्लिएन
टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन।
आकाश धर्ती जताततै चिरा चिरा पार्दै आज
उल्का बर्षात बर्सिए पनि मेरो प्रहर बद्लिएन।
मरुभूमि उर्वराले हरियाली इन्धन पाए पनि
अस्तिपन्जर सिँचाई गर्ने मेरो नहर बद्लिएन।
यात्राभरि कति भेटेँ अमृत बोकी हिँड्ने तर
प्यालाको त्यो जीवन हर्ने मेरो जहर बद्लिएन।