गजल-३६

“क्षितिजको मित्र” प्रकाश धमला
अष्ट्रेलिया

गाउँलेहरु बिन्ति गर्छन् नुनको कथा लेखिदेउन
मन्दिरमा ढले भक्त खुनको कथा लेखिदेउन

धेरै भयो वारि पारि गर्दै हामी फर्किएको
आमाको सके एकलास धुनको कथा लेखिदेउन

बाबा आउँदा भाइ आयो बहिनी पनि साथै आइन्
घरकी ज्योति अस्ताइछिन् जुनको कथा लेखिदेउन

छाक टार्न धौ-धौ पर्छ सुदुर भाइ भन्छन
धान, गहुँ कोदोमा घुनको कथा लेखिदेउन

4 Replies to “गजल-३६”

  1. Hari Dhimal

    thanks for your good comments. same for u .we too never forget the days that we spent in kathmandu. keep in touch. my id beleive_hari404

Don't have a Facebook account? Please, use the form below with other options!