गजल-३७

राजु सुब्बा /एट्लान्टा, अमेरिका

बोल्दिन भन्थ्यौ तर आज आफैँ बोलिदियौ
भूल मेरो छ भन्थ्यौ तर आज आफैँ खोलिदियौ

तिम्लाई भुलिदिर्इ टाढा जान खोज्दै थिएँ
घाइते मनमा अझ सामुआर्इ आफैँ पोलिदियौ

अतीतलाई भूलेर भविष्यको यात्रा सोच्दैथिएँ
अनायासै आँसुसरी भई माया आफैँ घोलिदियौ

जे होस् आफ्नै गल्ति छ भनी ‘राजू’ जनायौ
फेरि गर्दिन भनी आफ्नै कान आफैँ मोलिदियौ

2 Replies to “गजल-३७”

  1. Pardeshitara

    Wow ! Rajuji, gazal dherai ramailo cha. Takhalus aja ramro cha hai.
    Bring some more. Appreciated !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *