गजल-३८

नारायण न्यौपाने / अरिजोना, अमेरिका

अन्तिम पल्ट बिदाइमा हल्लिएको हात
अलग-अलग हुन लाग्यो तिम्रो मेरो साथ।

याद आयो अङ्गालोमा बाँधिएर रो’को
बेहोसीमा जवानी त्यो खर्चिएको रात।

गाह्रो रै’छ ढुकढुकी यो छुट्टिनु नै पर्दा
संसारलाई भूल्न पिएको नसा अनि मात।

दु:ख-सुख साथ दिने यस्तै हाम्रो प्रेम थियो
उराठ लाग्दो शिशिर अनि बसन्तको पात।

अतीतको क्षण मनमा अझै उस्तै छ
भविष्यको कल्पनामा बुनिएको बात।

थाहा थियो हामी दुर्इलाई मानिस एकै हुन्
आडम्बरी समाजले छुट्टाएको जात।।

2 Replies to “गजल-३८”

Leave a Reply

Your email address will not be published. Required fields are marked *