गजल – ३७९
सहयात्री ढकाल
ओहायो, अमेरिका
मण्डेलाको जस्तो पो दम हुनुपर्छ
बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ ।
ए ! बैज्ञानिक नरसंहार गर्न होइन
बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ ।
सक्छौ भने बिश्व शान्तिको लागि
आँणविक हतियार कम हुनुपर्छ ।
जसले धर्तीलाई सुन्दर बनाउछ
उसको भुमिका त अहम हुनुपर्छ ।