गजल-३८५

प्रज्ञा पोख्रेल
सिन्धुली, नेपाल

खै   मन  कस्तो  थियो  परिवर्तन भयो
अझ  भनौ  एक्लोपना  नै दुस्मन  भयो ।

झुटा  कहानी   सुनाउन  पराइ   आएर
सम्झौता भयो आशुको   समर्थन  भयो ।

मेरो   चाहानाको  कदर  कहाँ  हुन्छ र ?
बाआमालाइ छोरीको   खुसी धन भयो ।

पराइको  हुँदा   पनि  मन   तिम्रै  भयो
बाडुल्की  आउँदा  यादको जतन भयो ।

आँसु खसालेर तिमी  भक्कानिदा खेरि
साथमा  मेरो  पराइ, पीडा  झन्  भयो ।

One Reply to “गजल-३८५”

Leave a Reply

Your email address will not be published. Required fields are marked *