गजल – ३९५

हिम शिखर
ओहायो, अमेरिका

छ तिमीलाई सम्झी रहने आदत मेरो
बस्न  पनि  कस्तो बसेछ यो लत मेरो 

बिर्सूँ भन्छु मान्दैन मन भरिन्छन् आँखा
नछुट्ने रहेछ आँसु सँगको सङ्गत मेरो ।

तिमीले नै  नबुझे  कसले  बुझ्न  सक्छ र
पागलको जस्तै, सधैँको यो हरकत मेरो ।

कैद छु तिम्रो दिलमा कैदी नै बनिरहूँ म
सधैँ खारिज गरी दिनु त्यो  जमानत मेरो ।

निर्दोष छ्यौ तिमी जुटाई रहनु पर्दैन दसी
प्रमाण  यहीँ निर छ मुटु यो , साक्षत  मेरो ।

भाग्यले सधैँ प्रहार गरेकै छ यसरी मलाई
बाँकी नै छ अझै सहन सक्ने  तागत  मेरो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *