गजल – ३९६
कुमार सिवाकोटी
पेन्सिल्भिन्या, अमेरिका
अनायासै मायामा शङ्का मिसाएको छौ भने
सुमसुम्याउँदै फकाउँला रिसाएको छौ भने ।
मायाको गरा गरामा विश्वासको खेती गरौँ
स्वादले खाउँला कोदो नि पिसाएको छौ भने ।
कहिले काहीँ भारी हुँन्छ आफ्नै यो जिन्दगी
पालो दिउँला चैतारीमा बिसाएको छौ भने ।
छट्पटी होला मायाको सुखद अनुभूतिमा
दु:खको कल्पना मायामा बिर्साएको छौ भने ।