गजल-४०६

 

विश्वास लामा
क्यानाडा

बनाउनेले    खै    के – के   बनाउँछ
जसलाई बिर्सियो उसैको याद आउँछ

समयले कहिले कहीँ यस्तो मजाक गर्छ
नचाहँदा  नचाहँदै  पनि  हाँस्न  लगाउँछ

तिमी उनलाई  सुन्दर फूल सम्झिनछौ
फूलले काँडा भएको महसुस गराउँछ

मलाई  आँसुको अर्थ सम्झाउन यसरी
घरी घरी आकाशबाट बर्सात पठाउँछ !

Don't have a Facebook account? Please, use the form below with other options!