गजल-४११

नारायण फुएल
पेन्सिलभेनिया, अमेरिका

विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो
मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो ।

स्वार्थ  पुरा  नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त
घरी-घरी  छल  गरेर  काट्ने उसले बात नै हो ।

रक्सी पिएनी, बियर पिएनी ह्विस्की अनि रमहरू
मदिरा आखिर जुनै पिए, दिने त्यसले मात नै हो ।

दिनमा हाँस रमाऊ खेल चाहे मर्जी जस्तो भए
वास्तविकता थाहा भए त्यही अँधेरी रात नै हो ।

कोही मान्छे भाग्यमानी हुन्छन् कति चमत्कारी
हरेक सफल व्यक्ति पिच्छे हुने पनि हात नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *