गजल-४२५

खेम रिजाल
ओहायो, अमेरिका

(सङ्गीत- खेम रिजाल,
स्वर- मनोजराज सिवाकोटी ,एल्बम- रिया-रिदम)

छम्छम् छम्छम् पाउजु बज्छ रातमा
मिठो लाग्छ सरगम जवानीको मातमा।

सङ्गीतको धुनसँगै आकाशको जूनसँगै
स्पर्श गर्छ कोही आएर साथमा।

हराए झैँ लाग्छ मन पराए झैँ लाग्छ
अल्झिएँ कि कतै मायालुको बातमा।

अङ्गालोमा कपास बनी छातीमा निदाउन
सुम्पि दिएँ जिन्दगी नै उसैको हातमा।

दुनियाँले जे जे भनुन्, मुख थुन्न सकिँदैन
कुनै खोट देखिँदैन, पिरतीको जातमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *