गजल-४४

नारायण न्यौपाने / अरिजोना, अमेरिका

सँगै जिउने मर्ने मान्छे आज साथ छैन
अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन।

तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो
त्यही जीवन सिसिर भयो आज पात छैन।

गाजलुले डम्म आँखा चन्द्रमुखी थियो
कोइलीको झैँ बोली थियो आज बात छैन

मान्छे हामी एउटै थियौँ रगत पनि एउटै थियो
तिमी जस्तो हुनलाई आज मेरो जात छैन।

हात हल्लाई सूर्यले झ्याउकिरीले स्वागत गर्थे
सँगै बसी बात मार्थ्यौँ आज रात छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *