गजल – ४४४

तिला अधिकारी
तासमनिया, अस्ट्रेलिया

मनभरि गुम्सिएका  रहरहरू कसरी  लुकाऊँ
पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ ।

भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू
कोपिलामै   भाँचिएका   छन्   कसरी   बचाऊँ  ।

खोइ मैले पत्तो पाइनँ जिन्दगीका स्वप्निल पलहरू
अब यो बिरानो ठाउँमा सपनाहरू कसरी सजाऊँ  ।

हज्जारौं आसाहरू रुमलिएर चारैतिर छरिरहँदा
भन “दिल”सुगन्धले भरिएको मन कसरी बनाऊँ  ।

Don't have a Facebook account? Please, use the form below with other options!