गजल-४५

आँचल सुब्बा

तिमीले पाइला मोडी गयौ अनि भट्टीतिर पसें
पराइ  सम्झी छोडी गयौ अनि भट्टी तिर पसें

सँग–सँगै हाँसो रोदन रुने हाँस्ने बाचाकसम
फगत सम्झी तोडी गयौ अनि भट्टी तिर पसें

मुसुमुसु हाँसी सानी पराइसँग टाँसिएर
नौलो नाता जोडी गयौ अनि भट्टी तिर पसें

बाटो छेउ जन्ती बाजा सिउँदो सिँन्दुर सजाएर
बेहुली घुम्टो ओडी गयौ अनि भट्टी तिर पसें

Leave a Reply

Your email address will not be published. Required fields are marked *