गजल – ४५

नारायण न्यौपाने / अरिजोना, अमेरिका

दुई गाँस अन्न सङ्गै  झुप्रो पनि जल्यो साथी
भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी

जता हेर्यो खरानी नै हरियाली छैन कतै
सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी

कस्को के नै लाग्छ र दैवले नै ठगे पछी
आँधी हुरी सँगसगै पानी पनि प-यो साथी

प्रकाशोन्मुख साहित्यका पाण्डुलिपी जल्दा खेरी
एक थोपा साहित्यलाई दिने आस म-यो साथी

भोका नाङ्गा जनता हामी भोक्भोकै मर्न लाग्दा
मुरिमुरि धन्यवाद छ जस्ले सहयोग ग-यो साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *