गजल – ४६१

दिनेश भट्टराई
ओन्टारियो, क्यानडा

जित्दैन मान्छे बारम्बार हारी रहन्छ ।
टुटेको सपना डेरा सारी रहन्छ ।।

बनाउन खोज्छ नौलो संसार ।
सक्दैन फेरि अनि बिगारी रहन्छ ।।

अरूको खुसीमा मन खोलेर हाँस्छ ।
आफ्नो भने रहरहरू मारी रहन्छ ।।

म बुझ्न खोज्छु त्यो मनको कुरा ।
अनेकौँ बहाना बनाई ऊ टारी रहन्छ ।।

Don't have a Facebook account? Please, use the form below with other options!