गजल – ४६८

विश्वास लामा
क्यानडा

जो कमजोर छ उही  देशको  सरकार  भई दियो
नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो।

अशिक्षित गरिब  दुःखी  जति  सबै  खाडी मुलुक पुगे
हातमा डिग्री बोक्नेहरू आफ्नै देशमा बेरोजगार भई दियो।

हुने खानेहरू सधैँ यहाँ आरामको जिन्दगी बाच्छन्
गरिबहरूको भने आँसु नै बाच्ने आधार भई दियो।

धन सम्पत्तिको नाममा यहाँ हत्या भएको देख्दा
लाग्छ आज भोलि माया पनि व्यापार भई दियो ।

Don't have a Facebook account? Please, use the form below with other options!