गजल – ४७

नारायण न्यौपाने / अरिजोना, अमेरिका

मिर्मिर तारा झराएर आउने एउटा घाम थियो
मेरै नाम लेखिएको बन्द एउटा खाम थियो

जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ
बसन्ती बहार बोकी आउने एउटा याम थियो

हाम्रो माया जुनिजुनिसम्म रहोस् भनी
द्यौता साक्षी राखी कसम खाको एउटा धाम थियो

अन्धकार रात चिर्ने तारा बीचको जुन तिमी
तारा छोडि जुन रोज्ने यस्तै एउटा लाम थियो।।

यस्तै यस्तै बाचा गरी बीचमा एक्लै छाडी जाँदा
पागल प्रेमी सडकमा मेरो एउटा नाम थियो

Don't have a Facebook account? Please, use the form below with other options!