गजल-४७०

तिलाचन चापागाँई
ओहायो, अमेरिका

धेरै   पछि   सपनीमा   मैले, देश देखेँ
गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।।

क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला
नदी-खोला   सुसेलीका,   बेग्लै   भेष   देखेँ ।।

सबैतिर   रङ्गी    चङ्गि,  बेली   चमेली   ‘नि,
डाँडा पाखा, हरियाली, वसन्तको प्रवेश देखेँ।।

झर्झर झर्ने झर्ना पानी, शीतल वहने पवन अनि
देवी   देउता  स्वरूप  पुज्ने  नाग-सेश  देखे।।

कति  पाएँ  आलिसान, विलासी  जीवन
मनको खुसी काहीँ छैन, स्वदेश मै देखेँ।।

Don't have a Facebook account? Please, use the form below with other options!