गजल – ४७७

अजित रुपाबुङ
भर्मण्ट, अमेरिका

फर्किन्न आत्मा यो शरीरमा मरे पछि
जसरी हाँगामा टाँसिन्न फूल झरे पछि ।

म विश्वास गर्नै सक्दिनँ, सकूँ कसरी
लौरो बिर्सने धेरै छन् खोलो तरे पछि ।

जो गुण लिन्छ बिर्सन्छ भन्नु केही छैन
कुत्ता पनि त बाटो लाग्छ पेट भरे पछि ।

हिजोको ईश्वरको दूत आज कैदी भयो
प्रभुले पटक्कै पचाउँदैन, गल्ती गरे पछि ।

सानो लालचामा धरातल छाड्न बेकार छ
पोखरी छाड्ने माछाको हाल हेर खहरे पछि ।

One Reply to “गजल – ४७७”

Leave a Reply

Your email address will not be published. Required fields are marked *