गजल-४९

जीतेन सुब्बा मुस्कान / बेलडाँगी

कहिले तल कहिले माथि छुन्छ राजनीतिले
विदेशीकै  मात्र कुरा  सुन्छ  राजनीतिले

नेता जति सबै छाडा छोड्छ दरबारमा
कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले
ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा  भएकाहरु
पटक पटक ज्यूँदा हुन्छन् राजनीतिले

जनताको करङ्ग टेकेर टाउँकोमा चढेपछि
गाउँ भन्दा शहर चुन्छ राजनीतिले

आफू गल्ति   इतिहासमा   पखाल्न
आलो रगत बर्षाएर धुन्छ राजनीतिले

Don't have a Facebook account? Please, use the form below with other options!