गजल ५१९

मणि गौतम
ओहायो अमेरिका

मैले पहिला पाइला टेकोको धर्ती सिमानासँग
मेरो रगतको नाता छ भुटानको दागानासँग

अधिकार माग्दा बन्दुक तेर्स्याउने निरङ्कुशहरू हो
कहिले हिसाब बुझाउँछौ बा लुटिएका स-सानासँग

रगत पोतिएका भित्ताहरूले भयो मात्र भन्न सकेनन्
हर रात म तर्सिरहेछु रक्ताम्मे जेल खानासँग

मेरो साँचो देश प्रेममा शङ्का गरेपछि थाहा भयो
तिमी परिचित नै छैनौ इतिहासका पाना पानासँग

माटो बद्लिएसँगै जिन्दगीले चुनौती हार्दै छ
के गुनासो गरौँ परिचय भुल्दै गरेको जमानासँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *