गजल ५५०
बहादुर बहादुर वालिङ राई
बाल्टिमोर, मेरिल्यान्ड
चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा
बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ हतारमा।
जिब्रोले हो स्वाद लिने, जिरे झनै पिरो हुन्छ
आँखा मात्र लोभिने हो सानो-ठुलो आकारमा।
बिक्रीमा छ भन्छन् सबै मायालुको माया पनि
भेटिन्छ कि कुनै माया खोज्दै छु म बजारमा।
चिप्लिएर नाली झर्दा, उता जितको ताली बज्छ
को नि कस्तो भाग्य रैछ कान्छो भाइको निधारमा।