गजल-७

अविरल अधिकारी
हेटौंडा मकवानपुर
लेखिएको भाग्यरेखा मेट्नै पर्ने भो नि
औंशीरातमा पूर्ण चन्द्र भेट्नै पर्ने भो नि
पीडामाथि पीडाको नै खात लाग्दाखेरी
आफ्नो घाँटी आँफैले नै रेट्नै पर्ने भो नि
विपनीमा झल्को लाग्ने मनको मागपत्र
निदाएर सपनीमा देख्नै पर्ने भो नि
बिउँझेका चाहनाका बाछिटाले हान्दा
मरूभूमी यात्रा पनि टेक्नै पर्ने भो नि
चालिएका कदमले साथ छाडिदिँदा
जिन्दगीको राजिनामा लेख्नै पर्ने भो नि