गजल-८१
विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो
बाढी आयो शासनको घरबारी धन ढल्यो
आन्दोलन बिकराल सामन्तीको मैदानमा
स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो
हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो
आँधी बेरी सबै आयो सुन्दर त्यो बन ढल्यो
गरिबको पसिनाले देशको नै मुहार खुल्यो
क्रान्ति पछि शान्ति ल्याउने बचन ढल्यो।