गजलकार दाहालको “सन्ध्या” बजारमा

सन्ध्याको आवरण। तस्बिर: लेखक
सन्ध्याको आवरण। तस्बिर: लेखक

भूटानी गजलकार जे. एन दाहालको नयाँ गजलकाव्य “सन्ध्या” बजारमा आएको छ।

पोखराबाट आदर्श प्रेसले प्रकाशित गरेको उक्त काव्यमा ५९ वटा गजलहरु समावेश गरिएकोछ ।

सङ्ग्रहमा सौरव, सन्ध्या र सविना गरी तिन विशेष पात्र छन् जसले गजलको माध्यमबाट विचार राखेका छन् ।

लेखकका अनुसार गजलमार्फत यी पत्रहरुले भूटानी माटो, हिन्दु धर्म र सामाजिक कार्यप्रतिको लगाव प्रस्तुत गरेकाछन् । १००० प्रति प्रकाशित पुस्तकको अन्तिम पॄष्टमा जानकारीमुलक सामग्री राखिएको छ ।

पुस्तक प्रकाशनको अवसरमा Bhutaneseliterature.com लाई पठाएको पत्रमा गजलकार दाहालले आफूले यस काव्यमार्फत साहित्य लेखनमा नवीन तरङ्ग निर्माण गर्न चाहेको उल्लेख गरेका छन्। उनी भन्छन्, “म जहिल्यै अरू धेरैले वास्ता नगरेको विषयमा केही नवीन प्रयोग गर्न रुचाउछु।”

लेखकले विदेशमा रहेका पाठकहरुले सन्ध्या पेपल तथा अमाजोनमार्फत किन्न सक्ने कुरा उल्लेख गरेका छन्।

Bhutaneseliterature.com गजलकार दाहालको साहित्यिक यात्राको सफलताको कामना गर्दछ।

गजलकार जे. एन. दाहालका Bhutaneseliterature.com मा प्रकाशित रचना पढ्न यहाँ क्लिक गर्नुहोस्।

2 Replies to “गजलकार दाहालको “सन्ध्या” बजारमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *