गजल:१७७

दावा तामांग ‘विश्वास’
क्यानाडा

तिम्रो सामु धेरै पटक मैले आसु झारेको छु
म कसरी भनौ तिम्लाई मैले माया मारेको छु

बादल रुन्छ यहि बेला मेरो गजल सुने पछी
आसुका ति बर्सातमा आफैलाई नै पारेको छु

यति धेरै टाडा छौ जुन अनि तारा जस्तै
एउटा तारा तिम्रो निम्ति यो धर्तीमा सारेको छु

जीवनको यो अन्तिम पलहरुमा के भनौ
तिमीलाई जिताउन आज आफै हारेको छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *