गजल:२६६

गजलकार
गजलकार

विश्वास लामा
क्यानाडा

यहाँ कसैलाई ठूलो हुने हतार भएको छ
र उसैको चर्चा अनि प्रचार भएको छ

बम पड्किएर कयौँ मरेको खबरले…
युवाहरु गाँउ छोड्नलाई तयार भएको छ

कति युवतीहरु बलत्कृत भएका छन्
कति युवाहरु भने बेरोजगार भएको छ

उता देशको हालत बिग्रिएको देखेर
यता “विश्वास” भने गजलकार भएको छ ! !

2 Replies to “गजल:२६६”

Don't have a Facebook account? Please, use the form below with other options!