गीत

थुत्तेनदोर्जी ड्रुक्पा / डेनमार्क

कति कथा लेखिएर मेटिएको पाएँ
कति कथा हराएर भेटिएको पाएँ
कथाबीच एउटा कथा यस्तो पनि पाएँ
एउटा पात्र विवश भई रेटिएको पाएँ

गैरिएर सागरबीच अर्थ खोजे पछि
यस्तै हाल हुँदो रैछ माया गर्नेहरुको
ढलपल गर्ने नाउबीचको यात्री पछि
किनार लाग्नै पर्दो रैछ अन्जान यात्री आखिर

माया भन्ने रोगै यस्तो लगेपछी नछुटिने
कुटुकुटु मुटु खाने आसा छँदै सास जाने
साँचो माया गर्नेहरुलाई यस्तै हुँदो रैछ
माया भन्ने रितै यस्तो यति सम्म पाएँ

एउटा पात्र विवश भई रेटिएको पाएँ
अन्तिम पत्र निर्मोहीलाई रगतले कोर्दै
बिदा मागी संसारबाट विछोडिएको पाएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *