गीत

झगेन धिमाल / मेलबोर्न, अष्ट्रेलिया

नौ डाँडा पारी बस्ने मेरी मायालु
कसरी बिताउँदै छौ ती अँधेरी रातहरू ।

संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू
झजल्को छ मनमा ती मीठा क्षणहरूको ।
हिड्दै जाँदा समयले फरिदियो साथहरू
कसरी बिताउँदै छौ ती अँधेरी रातहरू ।।

सम्झनाले सताउँछ एक्लो हुँदा म यहाँ
तिम्रै याद आउँछ हरपल मेरो यो मनमा ।
तिम्रै यादमा बिताउँदैछु मेरा हरेक रातहरू
कसरी बिताउँदै छौ ती अँधेरी रातहरू ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *