गीत
![D P Dulal](http://bhutaneseliterature.files.wordpress.com/2010/02/dp10.jpg?w=150&resize=150%2C112)
मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ
तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ ।
हँसाउने घरिघरि रुवाउने तिमी
आँखाभरि सपनाहरु बसाउने तिमी
जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ
तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ ।
मुटुभरि जिउने आँट हाली दिने तिमी
पाइला मेरो जिन्दगीको चाली दिने तिमी
मन खोलेर हुने हाम्रै कुराकानी मीठो लाग्छ
तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ ।
bhai atti ramro cha
ek palta sangeet bhayeko geet feri padna payae camp ko chapro ko yaad aayo
kalam ko begh ajha badera jaawos.