गीत
खेम रिजाल
ओहायो, अमेरिका
इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा
हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा ।
बाँडेर खायौं, दिएर आयौं, देशलाई पनि
बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि
कहाँ फाट्यो मन विश्वासको रहेन जेथा
हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा ।
बेचेर नाता आज सिमाना कटायौ
नङ्ग र मासुको सम्बन्ध पनि फटायौ
नेपाली भई नेपालीपन बाँचेको आस्था
हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा ।