गीत

गीतकार
गीतकार

खेम रिजाल
ओहायो, अमेरिका

 

तिम्रो हाँसोमा कतै बाँचेको  अनुभूति  हुन्छ
जल्दै  गरेको  दियोले  मनमा  स्तुति  हुन्छ ।

सम्झेर   कल्पनामा   बहकिदै    भावनामा
आउँछौ   प्रादुर्भाव   हरा-भरा   चहानामा ।
तब   प्रेमिल त्यो   स्पर्शको   स्मृति   हुन्छ
जल्दै  गरेको  दियोले  मनमा  स्तुति  हुन्छ।

झुकेर भित्रै  नुहिएका बैंशालु ति   लाजहरू
नखोल्दै ओठ स्पष्ट हुन्छ  मौन  आवाजहरू।
बिहानीको   सुर्योदय  झैं   प्रत्याभूति  हुन्छ
जल्दै  गरेको  दियोले  मनमा  स्तुति  हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *