गीत

गीतकार
गीतकार

मनि शर्मा रिजाल
सियाटल, अमेरिका

 

कालो हुरी चल्छ मन्दिर ढल्न दिन्न,
आँधी सामु म छु मस्जिद ढल्न दिन्न ।

धुवा, धुलो मुस्लो दिशा उड्छ,
बिना कसुर नदी बादल सित जुट्दछ ,
छाती म थाप्छु चर्च ढल्न दिन्न ।

पहाड कुद्छ उँधो जमिनभरि माछा,
मस्जिद, पौवा पाटी सबैको हो साझा,
फेरि म उठ्छु फेरि गुम्बा ढल्न दिन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *