गीत

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका

 

निष्ठुरी त थिइन् थिइन् उनी, बैगुनी पनि भइन्,
मुटु हातमा थमाएर, धड्कन आफैसँग लिएर गइन्।

खाएका ती अमृतरूपि कसम, विष बनाई गइन्,
टुसाएको त्यो कलिलो पिरती, निमोठेर गइन्।

निष्ठुरी त थिइन् थिइन् —–

माया गरेथेँ दुई जोबनलाई बुनी, सात जुनी सम्झी,
छल गरिन् धोका खाएँ, निष्ठुरीको प्रेमजालमा परी।

निष्ठुरी त थिइन् थिइन् —-

दिनमा लडेँ रातमा ढलेँ, आँसुका थोपा थोपामा बगेँ,
निष्ठुरीको माया भुल्न, बौलाहा सरी बर्बराउँदै हिँडेँ।

निष्ठुरी त थिइन् थिइन् —-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *