गीत

यज्ञ काश्यप
नर्थ डाकोडा, अमेरिका 

नमताऊ तिमी धेरै, पिलाई जवानीको प्याला।
नतड्पाऊ तिमी धेरै, गाँस्दै पिरतीको माला ।।
…………………………………………

मनमा  डेरा  लिई  बस्यौ, गाह्रो  भयो  मलाई
तन मनले नै चाही सक्यो,  हे! सानु तिमीलाई
कहिले बुझ्ने हौली तिमीले, यो प्रेमको कहानी
पर्खी रा’छु दोबाटोमा सानु, हरेक साँझ बिहानी

नमताऊ…………………………………

सपनीमा  बिपनीमा,  हरेक  पल  पलमा
तिम्रै तस्बिर नाचिरहन्छ, यी आँखाका नानीमा
धड्कन बनी कहिले आउने, यो मेरो   मुटुमा
ढोका खोली कुरीरा’छु, सानु ! हरेक  प्रहरमा।।

नमताऊ……………………………….

मेरो खुसी तिमी नै, तिमी नै मेरो जीवन
सुम्पी सकेँ तिमीलाई नै, मेरो सबै जोबन
नतड्पाऊ तिमी धेरै, गाँस्दै पिरतीको माला
नपिलाऊ  तिमी  धेरै, जवानीको  प्याला ।।

नमताऊ…………………………………..

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *