गीत

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका

अधरको  धार हो  कि  माया तलवार हो?
रेटिँदैछ बिना मोल मुटु जिउन  गाह्रो  भो ।

निष्ठूरीको  माया  मैले  अमृत  ठानी  पिइरहेँ
त्यै मायाको रङ्गमञ्चमा सारा भुली नाँचिरहें ।
बले थ्यो प्रेमको दियो हुरी आई निभाइ दियो
सजाएका सपना सारा कल्पनामै  मारी दियो।

जिउन गाह्रो भो………………………….

खाएका  ती  बाचा  सम्झी  हरेक  पल ढलिरा’छु
भावनामा  सलाई  कोरी आफ्नै  मुटु  जलाइरा’छु।
निष्ठुरीलाई   माया   गर्नु  मेरो   ठुलो  भूल  भयो
अतीतको यादमा डुबी  जिन्दगीलाई  खियाइरा’छु।

जिउन गाह्रो भो…………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *