गीत

भीमप्रसाद तिमसिना
एट्लान्टा, अमेरिका

बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो
तिम्रो यादमा बसी एउटा चिठी लेख्न मन लाग्यो ।।

कहिले काहीँ यस्तो लाग्छ अब हाम्रो भेट हुन्न
चोखो माया साथमा हुँदा पनि हाम्रो देख हुन्न
त्यसैले बारम्बार तिम्रो याद आउन लाग्यो
बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो ।।

शून्य देख्छु चौतारी त शून्य लाग्छ खोली तिर
जता हेर्छु उतै शून्य किन मलाई यस्तो पिर
त्यसैले त बारम्बार मन मेरो काम्न लाग्यो
बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो ।।

सपनीमा मात्र भेट्छु विपनीमा हुन्नौ तिमी
सुख दुःख आफैँसँग साट्नलाई छैनौ तिमी
त्यसैले त आज मलाई विरहको व्याथा लाग्यो
बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो ।।

One Reply to “गीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *