गीत

यतिराज अजनबी
एड्लेड, अष्ट्रलिया

भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो
कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो
आफ्नो प्यारो माटो

फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति
कोटी बेस हुन्छ भोग्नलाई आफ्नै देशको विपत्ति
नपरोस् जिन्दगी नै बेचेर कसैलाई टार्न खाँचो
कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो
आफ्नो प्यारो माटो
भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो

अलैंची र सुन्तलाबारी थियो घर तिन तला
जिभ्रो भएको लाटो भई सम्झनुछ पलापला
सहेर बाँच्नु परोस् बरु आफन्तसँग फाटो
कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो
आफ्नो प्यारो माटो
भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो

एल्बमः अजनबी
संगीतः हरि लम्साल
स्वरः विश्व नेपाली

गीत सुन्न यहाँ थिच्नुहोस् 

Don't have a Facebook account? Please, use the form below with other options!