गीत

परमा अधिकारी (कान्छा)
पेन्सिलभेनियाँ, अमेरिका

मलाई हेर्ने बुहारी चैँ हुन्छे बजारमा
सुन-चाँदी जुत्ता चपल किन्छे हजारमा।।

छोरी क्याम्पस पढ्न जाने छोरो काम गर्न
म दुखीलाई कहिले काल आएन खै मर्न !
हात खुट्टा चल्दैनन् खै हतार- हतारमा
मलाई हेर्ने ……

पेन्सनको पैसा पनि कसले कता लान्छन्
साँझ बिहान घरका मान्छे दिनमा कता जान्छन्
आज नुन चर्को भयो दाल भात अचारमा
मलाई हेर्ने …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *