गीत

मधुश्री
सिन्धुपाल्चोक
नेपाल

मज्दुर हो एकजुट हुने बेला भयो अब ।
शोषक र ठगी खानेहरूको दिन गयो अब ।।

हामो पसिनाको मूल्य अरू कोही लिन्छ अरे ।
श्रम गर्ने हामी बसी अरू कोही खान्छ अरे ।।
पसिनाको सही मूल्य खोज्न बाँकी रह्यो अब ।
शोषक र ठगी खानेहरूको दिन गयो अब ।।

रात दिन खट्दा पनि हाम्रा नानी भोकै सुत्ने
स्कूल जान नपाएर अँध्यारोमा जिउँन पर्ने ।।
आफ्नो अधिकार आफैँ खोज्ने दिन आयो अब ।
शोषक र ठगी खानेहरूको दिन गयो अब ।।

हाल काठमाण्डौ नेपाल
१५ बैशाख २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *