गीत
खेम रिजाल
ओहायो, अमेरिका
यता कुरा चलायौ उता छुरा चलायौ
आफ्नो घर बनाएर अरूको जलायौ
…….
नबुझ्नेले तिमीलाई ईश्वर नै मान्छन्
मिठो बोली बोल्दछौ सर्वस्व ठान्छन्
कसलाई थाहा हुन्छ र विष छिटेको
भित्रभित्रै कुरूप भई दुनियाँ पिटेको
……..
लागेको त्यो खराब बानी कहाँ सुध्रिन्छ र
बलजफत नगरी कसरी मन उध्रिन्छ र
गाउँदै हिँड्छौ पुर्खाको गाथा मै हुँ भनेर
अरू सबै खराब गतिलो मै छु भनेर