गीतकार गोविन्द हुमगाँई “संयोग” लिएर आउँदै…
राकेश काफ्ले
प्रकृतिको काखमा रहेको सुन्दर देश भूटानको माटोमा पहिलो पटक धर्तीलाई स्पर्श गरेर यो संसारको मुहार हेर्नु भएको थियो। आफ्ना कलिला ती पाउहरुले देशको माटो खेलाउन पाउँदा-नपाउँदै मातृभूमिको ममताबाट टाडिनु परेको थियो । सुन्दर छटासँगै प्रकृतिले उनलाई पनि सरसवतीको पुजारी बनाएकी रैछिन ।
आफ्नो देश छोडेर पराय भूमिमा शरण माग्न पुर्ख्याैंली थलो नेपाल पुगेका थिए । भौतिक रूपमा त्यो बसाई अति नै कष्टकर थियो। अभाव त सामान्य कुरा हुन्थ्यो, तर आफू जस्तै अरू धेरै मानिस भएपछि आफ्नो दु:ख पनि सुख जस्तै हुँदोरहेछ भन्नु हुन्छ । शरणार्थी जीवन सहज र सजिलो विलकल थिएन । सपना सपना नै रहन्थे तर मासिक रूपमा बड़ो आन्नदै हुन्थ्यो रे। साथीहरू, त्यो बाक्लो बसाई, सबै उस्तै-उस्तै एक प्रकार ठिकै थियो जीवन ।
जस्तै बाधा, अभाव परे पनि उनको कलमको मसी चैँ कहिल्यै सकिएन। सानो उमेर देखी नै अलि भाभुक हुने र सुगम सङ्गीत सुन्ने बानी थियो, उनको। सङ्गीतलाई धेरै माया गर्ने उनले तबलाको औपचारिक अध्यान पनि गरेका छन् । कुनै पनि विषय वस्तुको अध्यानमा रुचि राख्ने उनी सानैदेखि अबल दर्जाका विधार्थी थिए । यसरी कलमको मसी सकिएन, मनको भावना कहिल्यै मेटिएन, सृजना गर्ने क्षमतालाई अघि बडाउँदै लगे उनले निरन्तर ।
मौका जीवनमा एक पटक आउँछ भनेझैं सम्पूर्ण नेपाली भाषी भूटानीहरुमा तेस्रो मुलुक स्तानतरणको अवसर प्राप्त भयो । त्यही क्रममा उनी पनि अमेरिकामा छन् । आज त्यही नरोकिएको कलमले कोरिएका मिठा-मिठा सृजनाहरू सङ्गीतको मार्फत सम्पूर्ण संसारभरि छरिएका नेपाली सामु कोसेली लिएर आएका छन्- गीतकारको रूपमा – गोविन्द हुमगाई ।
जीवनका हरेक मोडहरु- जीवन दर्शन, मायाका गीतहरू, बिछोडका रोदनहरु बोकेर, एउटा सुमधुर सुगम सङ्गीतको संगालो “संयोग” लिएर आएका छन्। यो कृतिमा शब्दहरूलाई प्राण भर्ने काम संगीतकार कर्म गयल्चन बमजन र फुर्व घिसिङले गर्नु भएको छ भने स्वरमा संगीतकार दुवै लगायत महेश सेवा, थुप्देन भुटिया, र किशोर शिवाकोटीका सुमधुर आावजले शब्द र सङ्गीतलाई जीवन्त पारेका छन् । एउटा गीत माठो हुन तीनै कुराको संगम हुनु पर्छ भन्ने उनको विचार संयोगमा भएको बताए।
यसमा कुनै फूल, बिहानीको झुल्का, थोपा-थोपा आँसु, यदि पाँए भने, छुराले रेटें, सुनाई देऊ र हत्केलाको रेखा हेरी जस्ता सात वटा गीतहरू रहेका छन्। कुनै फूल भन्ने गीत जीवन दर्शन बोकेको र यस बाट राम्रो प्रतिक्रिया आउने आस छ। सबै गीत आफ्नो ठाउमा राम्रा भएको जानकारी पाँए । बिहानीको भन्ने गीत मायै मायाले भरिएको छ भने थोपा-थोपा भन्ने गीत मायालुको भौतिक शरीर यो धर्तीबीट टाडिएको पीडा पोखिएको छ।
सबै गीत श्रोता सामु चाँडै ल्याउने जोडमा छन् उनी आज भोलि । कला, साहित्य र हाम्रो सङ्गीत रक्षार्थ यो सौग़ातबाट टेवा पुग्ने छ भन्छन् उनी। कला, साहित्य र सङ्गीतलाई सधैँ माया गरौँ भन्दै उनले आफ्नो कुरा टुडंगाए ।
हाम्रो पनि उहाँलाई मुरी-मुरी शुभकामना र बधाई छ। “स्रष्टालाई माया र सामानका साथ अघि बढ्ने प्रेरणा दिउँ।