चार बाछिटा
नारद आचार्य ‘सुदामा’- पेन्सिलभेनिया/अमेरिका
(१) दोभान
यता न उता
यो मन !
(२)
बादल भित्र
बिजुली
बबाल !
(३)
उल्झन
स्वच्छ भाव नै
सुल्झन !
(४)
शिक्षक
अँध्यारो चिर्ने
साधक !
(हाम्रो सेरोफेरोमा ‘बाछिटा’ भन्ने साहित्यिक विधा नयाँ हुनसक्छ । यसबारे थप सैद्धान्तिक अवधारणाहरु पनि अपेक्षा गरिन्छ-सम्पादक)