जसकोलागि
माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु
जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु
हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि
चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि
जति माया गरेपनि बिर्सी छाडेपछि
बिर्सीदिनै पर्दो रै‘छ नचाहेर पनि,
सपनाको संसार मेरो अर्थविहीन भयो
जीउनु-मर्नु मेरो लागि एउटै अर्थ भयो ।
भाग्यलाई दोष दिऊँ- कर्मै मेरो खोटो रै‘छ
आँसु पिई जीउनुपर्ने यही नै मेरो मर्म रै‘छ
यस्तै-यस्तै जीन्दगी म बाँचिदिन्छु अब
आँसु पिउँदै सारा अतीत भुलिदिन्छु अब ।