जिन्दगी जानु छ

ईन्द्र प्रकाश खवास्
नर्थ क्यारोलाईना, अमेरिका

आमा पनि गइन अनि बाबा पनि जानु छ
प्रेमिका पनि गइन अनि आफू पनि जानु छ,
जिन्दगी जानु छ आज हो कि भोलि तर थाहा छैन
कहाँ हो एक दिन निश्चय नै जिन्दगी जानु छ।

यहाँ रुने पनि जानु छ,अनि हाँस्ने पनि
जित्ने पनि जानु छ,अनि हार्ने पनि,
जिन्दगी जानु छ,आज हो कि भोलि तर थाहा छैन
कहाँ हो एक दिन निश्चय नै जिन्दगी जानु छ।

गरिब पनि जानु छ,अनि धनी पनि
दुर्बल पनि जानु छ,अनि निर्बल पनि,
जिन्दगी जानु छ,आज हो कि भोलि तर थाहा छैन
कहाँ हो एक दिन निश्चय नै जिन्दगी जानु छ।

महाराज पनि गए अनि राजा पनि जानु छ
महारानी पनि गइन अनि रानी पनि जनुछ,
जिन्दगी जानु छ आज हो कि भोलि तर थाहा छैन
कहाँ हो एक दिन निश्चय नै जिन्दगी जानु छ।

महाकवि पनि गए अनि कवि पनि जानु छ
समालोचक पनि गए अनि आलोचक पनि जानु छ,
जिन्दगी जानु छ,आज हो कि भोलि तर थाहा छैन
कहाँ हो एक दिन निश्चय नै जिन्दगी जानु छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *