डाढे मुसो र हात्ती
केशव काफ्ले
एक समयको कुरा हो हात्ती र डाढे मुसो घनिष्ठ मित्र थिए । मुसोलाई गाह्रो पर्दा हात्तीले सहयोग गर्थ्यो र हात्तीलाई सारो पर्दा मुसाले सहयोग गर्ने गर्थ्यो । समय वित्तै गयो बिस्तारै एक अपसमा मनमुटाबको कालो बादल कता कता देखा पर्दै गयो । हात्तीले आफ्नो मित्रसँग आफु बडेमान र आफु भन्दा शक्तिशाली यो जगतमा कोही पनि नभएको घमण्ड देखाउन थालो । डाढे मुसो पनि के कम । उ आफु जस्तो चतुर र बाठो को नै पो छ र भन्दै हात्तीलाई फुर्ती लाउँदै थियो । दिन दिनै यी दुई घनिष्ठ मित्रको एक आपसमा दुशमनको व्यवहार देखा पर्दै गयो ।
दिनहरू बित्तै गए । एक दिनको कुरा हो । हात्तीले मुसो कसरी चैँ चतुर र बाठो भएको प्रमाण गर्दो रहेछ भनेर पश्न गर्ने भएछ , डाढे मुसेले एउटा जुक्ति निकाली हालेछ र भनेछ “ लु त हिजोको मेरो प्रिय मित्रको चैँ प्रथम हुने त्यो प..रको रुख मुनिको गुफा भित्र पस्न “ । नभन्दै हात्तीको पालो केहिनै नसोची “यति जाबो ! “ भन्दै उसको त्यो बडेमानको शरीरलाई सुढले टेकी थामेर मुसालाई त्यही जिल्ल पार्न खोजेछ । तर मुसो के जिल्लिन्थोर । उसले पनि चिई-चिई गर्दै हात्तीलाई एक फन्का लगाएर उसलाई हेरेर फिस्स हाँसेछ र भनेछ “ लु त हेरौँ हात्ती महाशय कसले जित्छ । हात्तीले मन मनै भन्दै थियो “यस मुसालाई मैले जानेको छु यसलाई सबैका अगाडि लज्जित नबनाई कहाँ छोड्छु र “। हात्तीले भन्यो मुसाकै शब्दमा “ ए मेरो हिजोको प्रिय मित्र डाढे मुसा महाशय प्रतिस्पर्धा गर्नु भन्दा पहिला साँची पनि त राख्नु पर्यो नि, पछि गुल्चे गर्न सक्छ “ जोढदै भन्दै थियो “मैले चिललाई निमन्त्रणा गरेँ भने के स्वीकार्य हुन्छ ?” डाढे मुसो खुब खुसी भएर भन्यो “ ए त्यो त खुसीको कुरा हो नि , यस्तो गजबको निर्णयलाई मैले स्वीकार नगर्ने कुरै भएन नि ।” थप्दै “यदि मैले पनि कमिलालाई बोलाएँ भने नि त के यो कुरा स्वीकार हुन्छ?” हात्तीकै शब्दमा मुसाले पनि सोध्यो । हात्ती अलि गड्बडाए झैँ गर्यो र भन्यो “अम्….म ! त्यो कमिलालाई किन राख्नु पर्यो र , एउटाले थाहा पाए पछि प्रमाण भई हाल्छ नि “ । डाढे मुसो के स्वीकार गर्थ्यो र हात्तीको कुरालाई, उसले भन्यो “ एक पक्षीय मात्रैले कहाँ हुन्छ र हिजोको प्रिय साथी , म सानो भनेर हेप्ने ? यसरी हेप्न त पाइँदैन नि हो । सानो र ठुलो , होचो र अग्लो , कालो र गोरो, मोटो र पातलो, विद्वान र मूर्ख, तल र माथि यी सबैको आ-आफ्ना ठाउँमा आ-आफ्नो भूमिका हुन्छ “। यसरी जिकिर गर्दै मुसाले कमिलालाई पनि निर्णायकको रूपमा राख्न सफल भयो । यो कुरालाई अतः हात्तीले स्विकार्नु पर्ने नै भएछ । यही निर प्रथम चोटि हात्तीको घमण्ड नजानिँदो ढङ्गमा चकनाचुर भयो ।
चिल र कमिलो तोकिएकै समयमा हात्ती र डाढे मुसोको भिडन्तलाई सही निर्णय गर्न तोकिएकै ठाउँमा उपस्थित भए । हात्ती जति उत्साहित देखिन्थ्यो त्यति मुसो उत्साहित देखिन्न थियो । बडेमानको हात्ती अत्यन्तै फुर्तीका साथ देखा परेको थियो । प्रतिस्पर्धा हुनु पूर्व उसले आफ्नो कलालाई घमण्डकासाथ सबैका सामु प्रदर्शन गर्यो । उसले आफ्नो सुँडले टेकेर देखायो र सुँडमा बोकेर ल्याएको पानीले आफ्नो शरीर भिजायो । तर मुसोले त्यो प्रतिस्पर्धालाई वाहिरीरूपमा त्यति उत्साहित नदेखाए पनि हात्तीको घमन्डलाई चकनाचुर पार्नु थियो । उसले पनि आफू दौडको निम्ति तयार भएको सामान्य दगुरेर दुई चोटि शरीर गुमायो ।
अब सबै जना तयार भएको जानकार सबैले आ-आफ्नो पारामा जनाए । चिलले उसको पखेटा तिन चोटि फ्याट-फ्याट पारेर पड्काए पछि हात्ती र मुसोलाई दगुर्न सुरु गर्नु भन्ने आदेश दियो र भन्यो “एक, दुई तिन सुरु ! “ दुवै दगुर्न सुरु गरे । दगुर्ने क्रममा डाढे मुसो बुरुक्क उफ्रेर हात्तीको डढेल्नोमा चढ्यो । हात्तीले अलि पर पुगेर उसको अगि मुसोलाई नदेखे पछि पछाडि फर्केर हेर्यो तर मुसोलाई देखेन । मुसोलाई नदेखे पछि उसले मुसोले उछिनेछ भन्ठान्यो तर उसले मुसो आफ्नै ढाड माथि भएको चालै पाएन । हात्ती हतास्सियो । मुसो धेरै अगि पुगेछ भन्ठान्यो । पाइलाको गति अलि तीव्र पार्यो । मुसोले हात्ती आत्तिएको चाल पायो । मुसो हात्तीको दौडाइको चालमा आफ्नो शरीरलाई दह्रो अँठ्याई रह्यो । मन मनै धेरै उत्साहित थियो । संसारलाई उसको विजयको चिच्च्याहट हात्तीकै ढाड माथिबाट सुनाउन मन थियो तर सम्भव नहोला भन्ने कुरा मनमा खेलाउँदै दृष्याहरू अवलोकन गर्दै आनन्द के लिँदै थियो गन्तव्यमा पुग्न लागेको थाहा भएछ र अलि चनाखो भयो । त्यही हात्तीको दैढाईको गतिमा अब उसलाई दुई मिनेट मात्र लाग्नेछ भन्ने मुसाले हिसाब गर्यो । हुन पनि ठिक त्यति नै समयमा भनेकै रूखको मुनि गुफाको छेवैमा पुग्यो । मुसो आउँदै छ कि भनेर फेरि पछि फर्केर हात्तीले हेरेको मैका छोपी डाढे मुसो फुत्रुक्कै हाम फाल्यो र गुफा भित्र पस्न सफल भयो । त्यही समयमा हुनु परेको बिचरा त्यो हात्तीलाई छेउमै भएको ठुलो रूखको हाँगो भाँचिएर घिच्चुकमा लाग्यो र रनधनिदै लड्यो । हात्ती रन्थनिएको थाहा पाए पछि डाढे मुसे फर्केर फेरि हात्तीको कानैमा गएर “दुख्यो ?” भनेछ । यसरी डाढे मुसाले आँफु यो जगतकै शक्तिशाली भएको भन्दै घम्णढ गर्ने हात्तीलाई यसरी सबै सामु पछार्न सफल भयो ।