तिमी को हौ ?

नारद आचार्य ‘सुदामा’
पेन्सिलभेनिया,अमेरिका

विश्व ब्रह्माण्डको वक्षमा
चन्द्र- सूर्यका श्वेत किरणमा
मदरटेरिसा र पारिजातको गर्भमा
कलकलाउँदो घामजूनको सपनामा
रङ्गिन कोपिलाहरूको सिउँदोमा
कयन  ध्रुवताराको भविष्यमा
क्रूरतापूर्ण बारुद प्रहार गरेर
मुर्कुटो उत्सव गरिहरेकाछौं
ताण्डव नृत्यांगना गरिरहेकाछौं
विद्रोहको मुस्लो छोडेर
आतङ्क मचाईरहेकाछौं
रगतको होली खेलिरहेकोछौं
देशको लक्ष्मण रेखा उल्लङ्घन गरेर
लकडाउनको प्रवाह नगरी
कुबेरको गगनचुम्बी महलमा
सुदामाको झोपड़ीमा
मन्दिर, मस्जिद, चर्च, गुम्बामा
बुद्धको शान्तिलाई दान गरेर
निस्फिक्री निडर प्रवेश गर्छौँ
तिमी राजा मन्त्री त पक्कै होइनौँ
किनभने तिमी पक्षपाती छैनौँ  !
तर तिमीमा प्रेमको सुवास पटक्कै छैन
तिमीमा आत्माध्वानी वाणी पनि छैन
सृष्टिकर्ताको सुन्दर संरचनालाई
किन मसानघाट बनाउँदै छौँ ?
अब तिमी आफै भन तिमीको हौँ ?
मानव हौँ ? दानव हौँ ? तिमीको हौँ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *