तीन रुवाइ

जीतेन सुब्बा मुस्कान / बेलडाँगी

१.

हत्या हिंसाले पृथ्वी नर्कमा लान सक्छ
हृदयको माया अन्त कतै जान सक्छ

पाइला पाइलामा असुरक्षित छ जिन्दगी
होसियार! मान्छेले मान्छे खान सक्छ

२.

खेलाउन पाए भुकुन्डो जस्तै खेलाउँछन् मान्छेहरु
पाइला पाइलामा विचार केलाउँछन् मान्छेहरु

बाठो भनाउदाहरुको दुनियामा लाटो नहुनु
जिउँदै मसान घाटमा सेलाउँछन् मान्छेहरु

३.

तिमीलाई मात्र चिन्छु भन्छिन्
तिमी सगं संगै हिन्छु भन्छिन्

महंगीमा भाउ नबडाऊ मुस्कान
सस्तोमा पाए जिन्दगी किन्छु भन्छिन्

2 Replies to “तीन रुवाइ”

  1. TP Mishra

    जितेन जी,
    रुवाईहरु धेरै मज्जाको लाग्यो ! लेखाईलाई निरन्तर्ता दिईरहनु होला ……..!!

  2. buddha dhakal

    Jitenji
    It is a good start for the bhutanese literature. Your eyes can see beyond normal vision and your ears can hear even the farthest cry, so you can become both a journalist and a literary person. kavita to marma man paryo, lekhdai garnu hola.

Leave a Reply

Your email address will not be published. Required fields are marked *