तुर्सा नदी – छन्द कविता

कवि
कवि

श्याम खनाल
ओहायो,  अमेरिका

 

छन्द: शार्दूलविक्रीडित

गण:  म   स    ज   स   त   त   गुरु

ऽऽऽ  ।।ऽ  ।ऽ।  ।।ऽ  ऽऽ।  ऽऽ।  ऽ

 

प्यारो  लाग्छ  मलाइ यो जगतमा टाढै पुगौँ ता पनि ।

नौलो  देश  विषे  कतै  पवन  झैँ घुम्दै रहूँ ता पनि ।।

निद्राको  सपना  हुँदी  नम सधैँ दौडी चली  गै उहाँ ।

घुम्नेगर्द छ वारिपारि खुसि भै तुर्सा नदी  छिन्  जहाँ ।।१।।

 

छिन् माता धरणी त्यतै म पनि लौ हेर्दै बढे थेँ  जसै ।

तुर्साको  जब  तीरको  स्मरणले पग्लन्छ छाती यसै ।।

मेरो गाउँ मुनी  विशाल जलकी तुर्सा नदी बग्द छीन् ।

पाऊ भारतमा खसालि कन फेर्तिब्बत् तकीया गरीन् ।।२।।

 

चीसो,  नीर्मल,  शान्तिको  हिमजलै  लीएर ती झर्द छीन् ।

लेकाली,  अउले  पहाड  भरको  जो कान्ति हो छर्द छीन् ।।

हा साम्छ्यु अनि नेछ्यु,पाछ्यु, बटुली लिन्छिन्सघाऊ अझै ।

क्रान्तीवेग  छ  शान्तिको  जलभरी  बग्छिन्  छचल्का दिँदै ।।३।।

 

वारी, पारि  चुचे  पहाड, पहरा हेर्छन्  तमासा कति ।

सुन्दर्शान्ति विशाल वाग, वनले घेर्छन् किनारा उती ।।

काहीँछन्  ति अगम्यका  त  पहरा, सुन्दर्पखेरा कहीँ ।

वन्केरा, अनि बाँस, वृक्ष, लहरा लाग्दो रमीता कहीँ ।।४।।

 

गाऊँ,   गोठ,   किसानखेत   भरिला  बारी,  बगैँचा, भरै।

काहीँ  धान र  कागुनी अनि  मकै,   कोदो,  गहूँ,  फापरै ।।

फल्छन्  फेर् बडहर् र आँप, कटहर् अम्बक् रसीला फलै ।

सुन्तोला  अनि  कागती  कति  त  खोल्सामा  अलैँची भरै ।।५।।

 

तेस्तै छन् ति  नदीकिनार  भरिमा बाँजो कस्यानी भरी ।

गाऊँलाइ   उछिन्न  पो   बगरमा  खेती  उमारे   सरी ।।

सोभा  रंग  वशन्तमा  वन   विषे  छर्छन्  त वन्फूलले ।

वर्र्षाको ऋतु हाँस्छ  साजसँगमा धोबी,भकिम्लो फुले ।।६।।

 

झन्  वाशन्ति जताततै रुखभरी मग्मग् वनै-वन् भरी ।

वारी   पारि   सुवासना  वनभरी  सूनाखरीले   गरी ।।

यस्तै  स्वच्छ, सुरम्य , गाउँ, वनले पारी अलंकार्गरी ।

गर्जिन्छिन्  ति  पहाडले  गड-गडाउँदै  त  ठक्कर्परी ।।७।।

 

कोही  ठाउँ  फराकिला  बगरछन्  भीरैकटी  बीच भै ।

आफ्नोवेग  छ  तिब्रको गति गरी बग्छिन् त तुर्सा सधैँ ।।

मेरो   गाउँ  उनै   नदी  नजिकमा  पहाडको  काखमा ।

तुर्साको  छ  चिसोबतास  पिउँदै  झल्कीन्छ  ऊद्यानमा ।।८।।

 

तुर्सा  सामु  महाँ अझै अरु कला भर्छन्  कतीले तहाँ ।

पक्षी औ पशु वन् भरी रमि-रमी खेल्छन् नदी  तीरमा ।।

वैशाखी दिनमा वशन्त  ऋतुको  आनन्द  ता ले  गरी ।

वारीपारि ति न्याउलीस्वरमिठो घन्काउँछन्  वन्  भरी ।।९।।

 

छेऊ-छाउ  निकुन्जमा वन चरा छन्  कोइली, काग है ।

कुर्ली नाच्छन ढुक्कुरै र कति  उड्छन्  गौँथली, चाँचरै ।।

साँच्चै  मन्-मनलाग्छ,  हुन्छ  रमिता  हेर्दै  लगे  सुन्दर ।

तुर्साको   जलपान  गर्नछ   कठीन्  चीसो  अतिन्तै  छर ।।१०।।

 

भर्लाग्दो   बल  पाइने  शरिरमा  रोगादि  जाने  अझ ।

तुर्साको    जलले   सुतृप्त  नहुने  भूटानमा  को  छर ।।

उक्कालो र भिरै  समाति   हिँडँदै  गड्तीरमा  मानिसै ।

बोकी  ढाकरमा  त  भारि  जनले   गर्थे   बजारै   सबै ।।११।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *